kumari
stcnepal

दुबईको जेलमा रहेका पत्रकार पाण्डेको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौ । दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

दुबईमा रहेको नेपाली दुताबासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाई दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पत्ति जफत सहित देश निकाला गर्ने सजायँ सुनाए सँगै उनी जेलमा छन् । जेलमा रहेका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रवार माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । उनलाई जेल पुर्‍याउनका लागि युएई स्थित नेपाली दुतावास नै लागि परेको आफन्तहरुले आरोप लगाएका छन् ।

युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको भन्दै उनको बिना सर्त रिहाई गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनमा सहभागी पिताम्बर भुसालले बताए । प्रदर्शनमा वाक स्वतन्त्रता हनन्ः लोकतन्त्रको उपहास, पराइ भुमिमाः आफ्नै बाट नागरिक असुरक्षित, परराष्ट्रको मौनताः राजदूतलाई हौसला लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

 

footer