kumari
stcnepal

नेपाल वार एशोसियसनको आज निर्वाचन हुदै

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूह बीच प्रतिस्पर्धा हुने भएको छ ।


प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरको ३५ स्थान बाट एक साथ बिहान ८ बजे देखि मतदान प्रारम्भ हुनेछ भने ४ बजे सम्पन्न हुनेछ ।

बारमा अध्यक्ष सहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ । निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यस मध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् । सर्वोच्च अदालत परिसरमा चार वटा बुथको व्यवस्था गरिएको छ । उपत्यकामा धेरै मतदाता भएकाले चार वटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जनकारी दिए ।

footer