kumari
stcnepal

नेपालले मलेसियालाई दियाे २२४ रनकाे लक्ष्य, दीपेन्द्रकाे शतक

काठमाडौं । त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनकाे लक्ष्य दिएकाे छ ।

दीपेन्द्र सिंह ऐरीले ११० रन बनाएपछि कीर्तिपुर स्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएकाे हाे । टी-२० अन्तर्राष्ट्रियमा नेपालकाे याे तेस्राे ठूलाे स्काेर हाे । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स विरुद्ध २३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमा नै १३औं सागमा भुटान विरुद्ध २३६ रन बनाएकाे थियाे ।

दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दाेस्राे नेपाली खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए । दीपेन्द्रले ५७ बल खेल्दै १० चाैका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए । यस्तै राेहित पाैडेलले पहिल टी-२० अन्तर्राष्ट्रियमा पहिलाे अर्धशतक प्रहार गरे । राेहितले ३४ बल खेल्दै ५ चाैका मद्दतमा ५१ रन बनाए ।

दीपेन्द्र र राेहितले तेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी गरेका थिए । ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए । आदिल अन्सारीले १४ रन जाेडे । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्र सँग ५९ रनकाे साझेदारी गरे । बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए ।

 

 

footer