kumari
stcnepal

प्रधानमन्त्री देउवाले बनारस स्थित काशी विश्वनाथ मन्दिरमा विशेष पूजा

काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बनारस स्थित काशी विश्वनाथ मन्दिरमा विशेष पूजा गरेका छन्।

उक्त कार्यक्रममा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतका उपस्थिति थियो। नयाँ दिल्ली बाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री योगीले स्वागत गरेका थिए। बनारसको भ्रमण पछि प्रधानमन्त्री देउवा दिल्ली हुँदै स्वदेश फर्किने कार्यक्रम छ।

 

footer