kumari
stcnepal

निफ्राले सिमरा सेजमा लगानी गर्ने

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल इन्फ्रास्टक्चर विकास बैंक (निफ्रा) बीच लगानी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सेजका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार समझदारी पछि अब क्रमबद्ध रुपमा बाराको सिमारामा निफ्राले ५ अर्ब रुपैयाँ लगानी गर्नेछ भने पाँचखालमा नयाँ विशेष आर्थिक क्षेत्र निर्माण गर्न विदेशी बहुराष्ट्रिय कम्पनी बाट लगानी जुटाउने छ ।

सम्झौता अनुसार सिमरा सेजको ब्लक ‘ए’ र ‘बी’ मा उद्योग विस्तार गर्ने गरी निफ्राले ६ महिना भित्रै लगानी गर्ने उनले बताए । यस्तै हालको भन्दा राम्रो पूर्वाधार सहितको आर्थिक क्षेत्र काभ्रेको पाँचखालमा निर्माण गर्न पनि बैकले सघाउने उनले बताए । सम्झौता पत्रमा सेजका कार्यकारी निर्देशक डा.चण्डिका भट्ट र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

 

 

footer