kumari
stcnepal

अब अध्यक्ष ओलीको तस्वीर सगरमाथामा फहराइने

 

राष्ट्रिय युवा संघ नेपाल इलामकी सचिवालय सदस्य युवन्तिका तामाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएकी छिन् ।

स्थायी ठेगाना इलामको सूर्योदय नगरपालिका वडा नं. १० निवासी तामाङले यही अप्रिल ५ देखि मे २९ सम्ममा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरी अध्यक्ष ओलीको तस्विर फहराउने बताएकी छिन् । अध्यक्ष ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शीर उँचो बनाएकाले उहाँको तस्विर फहराउने तयारी गरिरहेको उहाँले बताएकी हुन् ।संगठनमा रहेर काम गरिरहेका कारण राष्ट्रिय युवा संघको झण्डा समेत सगरमाथामा फहराउने तयारी गरेको जानकारी दिएकी छन् ।

आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापित गराउन सफल भएकाले संघको झण्डासमेत ओलीको तस्विरसँगै फहराउने उनले बताएकी हुन् । उनलाई अध्यक्ष ओली, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र संघका केन्द्रीय संयोजक किरण पौडेलले झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको निम्ति सफलताको शुभकामना दिएका छन् ।

footer