kumari
stcnepal

रोलाङ गाउँपालिकाका अध्यक्ष डल्लाकोटी माओवादी त्यागी एमाले प्रवेश

नेकपा माओवादी केन्द्र बाट निर्वाचित धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई पार्टीमा प्रवेश गराएका हुन्।


एमाले प्रवेशका लागि गाउँपालिका अध्यक्ष डल्लाकोटी बालकोट स्थित ओली निवास पुगेका थिए। डल्लाकोटी माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य पनि थिए। उनी माओवादीमा जानु भन्दा पहिले एमालेमै थिए। १५ वर्ष पछि डल्लाकोटी एमालेमै फर्किएका छन्।

 

 

footer