kumari
stcnepal

मकवानपुर बाट भारतीय नागरिक ९० केजी गाँजा सहित पक्राउ

मकवानपुर । प्रहरीले ९० किलो लागुऔषध गाँजा सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेका छन् । मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित पुर्वपश्‍चिम लोकमार्ग सडकखण्डमा चितवन तर्फ बाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेक जाँच गर्दा क्‍याबिनमा गाँजा सहित उनलाई ईलाका प्रहरी कार्यालय मनहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अलीलाई लागुऔषध गाँजा, ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

 

 

footer