kumari
stcnepal

सर्वोच्चले एआइजी बढुवा विवाद आज पनि हेर्न नमिल्ने सूचीमा पार्यो

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय विरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्ने सूचीमा परेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रिया बाट पेसी तोक्दा उहाँकै इजलासमा पर्‍यो । त्यसैले आज पनि सुनुवाइ हुन सकेन ।

एआइजी बढुवा विरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । मन्त्रिपरिषद् बैठकले डिआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

 

 

footer