kumari
stcnepal

नेपालले जित्यो टी-२० श्रृंखला

काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै त्रिकोणात्मक टी२० श्रृखंलाको उपाधि जितेको छ। ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा पनि ४ विकेट लिए ।

दीपेन्द्रको अविजित ५४ रन मदद्तमा कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.२ ओभरमा ११७ रनमा अलआउट भयो । कप्तान सन्दीप लामिछानेले १३औं ओभरमा लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबावमा राखे ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए ।

 

 

footer