kumari
stcnepal

विवाहको प्रलोभन दिई ठगी आरोपमा एक पक्राउ

काठमाडौँ । प्रहरीले विवाह गर्ने प्रलोभन दिई पीडितलाई रकम ठगी गरेको आरोपमा एक  जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप साँघुटार नगरपालिका-३ घर भई हाल काठमाडौं धापासी बस्‍ने ५२ वर्षीय लोक बहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले पीडितलाई विश्‍वासमा पारी आफू विरामी रहेको भन्‍दै आईएमई र सिटी एक्प्रेस बाट पटक-पटक गरी ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । अपराध महाशाखालेको टोलीले उनलाई काठमाडौंको विशालनगर बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

 

 

footer