kumari
stcnepal

विचारले कांग्रेस, एमाले र माओवादी केन्द्र एउटै पार्टी हुन् : लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले विचारले एउटै पार्टी भएको बताएका छन् ।

राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको टिप्पणी गरेका हुन् । ‘सबै ठूला दलले ३२ वर्ष सम्म मुलुकलाई बन्धक बनाएर राखे’, लिङ्देनले भने, ‘विदेशीलाई मालिक मानेर सत्ता टिकाउने खेलमा तीनै दल बराबर जिम्मेवार छन् ।’

लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र नेपालको स्थायित्वको आधार भएको दावी गर्दै लिङदेनले राजतन्त्र र गणतन्त्र मध्ये कुन व्यवस्था महंगो भनेर तुलना गर्ने समय आएको टिप्पणी गरे । गणतन्त्र आएको १५ बर्षमा स्वीस बैंकमा ७० अर्ब रुपैयाँ अवैध रुपमा जम्मा भएको उनको आरोप छ । कार्यक्रममा राप्रपा उपाध्यक्ष ध्रवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले आउँदो निर्वाचन राप्रपाा निर्णायक शक्ति बन्ने बताए ।

 

 

 

footer