kumari
stcnepal

चीनी खरिदमा साल्टले अनुमति पाउँदै

काठमाडौ । साल्ट टेडिङ्ग कर्पोरेशनले आफूसँग भएको चीनीको मौज्दात सकिन लागेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमाफत सरकारलाई ५० हजार मेट्रिकटन चीनी खरिद गर्न अनुमति मागेको छ । अहिले साल्टसँग ३ हजार७ सय मेट्रिक टनमात्र बाँकी रहेकोले खरिदको स्वीकृत्तिको लागि करिब एक महिना अघि नै मन्त्रालयमा पत्र पठाएको छ ।

अहिले साल्ट टेडिङ्गसँग रेहेको स्टक चीनीले एक महिनासम्म धान्न सक्छ । मुलुक लकडाउनमा भएका बेला साल्टले साल्ट टेडिङ्गको केन्द्रीय कार्यालयमा रहेको आफ्नो विक्रि केन्द्र, तीनवटा मोबाइल भ्यान र स्थानीय तहले बाँड्ने राहतमा धेरै चीनीको खपत भएकाले चीनीको आयातका लागि सरकारसँग अनुमति मागेको हो ।

सरकारले समयमै चीनी खरिद अनुमति नदिएको खण्डमा अबको एक दुई महिनापछि नै चीनीको अभाव हुने र निजी क्षेत्रका व्यापारीहरुले चीनीको मूल्य बढाउन सक्ने भएकाले सरकारले चीनी ल्याउने अनुमति दिने वित्तिकै साल्टले चीनी खरिदको प्रक्रिया अघि बढाउने बताएको छ । मन्त्रालयले भने चीनीको आवश्यकता र मागलाई ध्यानमा राखेर चीनी खरिदका लागि साल्टलाई तत्काल अनुमति दिने तयारी गरिरहेको जानकारी दिएको छ । अबको केही महिनापछि नै नेपालीहरुको महान् चाडपर्व दशैं, तिहार र छठ पर्वहरु आउने र त्यसबेला चीनीको मागमा बृद्धि हुने भएकाले समयमै चीनी खदिर गरी सर्वसुलभ रुपमा जनतालाई विक्रि वितरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

नेपालमा वार्षिक २ लाख ४० हजार मेट्रिकटन चीनीको आवश्यकता पर्दछ भने १ लाख ४० हजार टन स्वदेशमा उत्पादन हुने र १ लाख मेट्रिकटन विदेशबाट आयात गर्नुपर्ने हुन्छ । साल्टले नुनको समेत विक्रि वितरण गर्दै आएकोमा अहिले साल्टसँग १ लाख ३ हजार मेट्रिकटन नुनको स्टक रहेको र ४५ हजार मेट्रिकटन नुन यही साता काठमाडौमा आईपुग्ने भएको छ । साल्टसँग भएको यो नुनले एकवर्षसम्मको मागलाई धान्न सक्छ ।

footer