kumari
stcnepal

लेटाङ घटनामा २० जना विरूद्ध कर्तब्यज्यान मुद्दा लगाउने तयारी

मोरङ । गत चैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जना विरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।


उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ ।

यसरी ज्यान मुद्दामा अनुसन्धान गरिएकाहरुमा लेटाङ–५ काचन्द्र कान्तलामा, रविन राई, रविनतामाङ, प्रदिप राई, निशापुलामी मगर, सुरज अधिकारी र संंजय मगर रहेका छन् । यस्तै लेटाङ–६ कापालाराम राई, राम राई, सन्तोष पौडेल, हिमालश्रेष्ठ, मिक्लाजुङ्ग–२ घर भइ लेटाङ–५ बस्ने कृष्ण विक, लेटाङ ५ कै संजीवप्रधान, प्रनिस कट्टेल, जस्वीन पाख्रिन, सुनिललिम्बू, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ काश्रवण यादव रहेका छन् । प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

footer