गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लेटाङ घटनामा २० जना विरूद्ध कर्तब्यज्यान मुद्दा लगाउने तयारी

637
shares

मोरङ । गत चैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जना विरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।


उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ ।

यसरी ज्यान मुद्दामा अनुसन्धान गरिएकाहरुमा लेटाङ–५ काचन्द्र कान्तलामा, रविन राई, रविनतामाङ, प्रदिप राई, निशापुलामी मगर, सुरज अधिकारी र संंजय मगर रहेका छन् । यस्तै लेटाङ–६ कापालाराम राई, राम राई, सन्तोष पौडेल, हिमालश्रेष्ठ, मिक्लाजुङ्ग–२ घर भइ लेटाङ–५ बस्ने कृष्ण विक, लेटाङ ५ कै संजीवप्रधान, प्रनिस कट्टेल, जस्वीन पाख्रिन, सुनिललिम्बू, प्रलाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ काश्रवण यादव रहेका छन् । प्रहरीले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports