kumari
stcnepal

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवा सँग भेट गर्दै

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा सँग भेट गर्दैछन् ।

प्रधानमन्त्रीले निर्वाचन तयारी बारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका आयोग स्रोतले बताएको छ । आयोग हाल ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ ।

आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइ सम्मको तयारी गरिरहेको छ ।सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको थियो ।

 

 

footer