kumari
stcnepal

आज देखि दाङमा टाइफाइड विरुद्ध खोप अभियान सुरु

दाङ। दाङमा टाइफाइड विरुद्ध खोप अभियान आजदेखि सुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङले २३ गते बुधवार देखि बैशाख ११ गतेसम्म टाइडफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

दाङमा दुई दिन अघि देखि अभियान सुरु हुन थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । कार्यालय प्रमुख शाहीले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाका दशवटै पालिकाहरुमा चैत २३ गते बुधवार देखि खोप अभियान चलाउने निर्णय गरेको बताए । ‘विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर २ दिन अघिदे खि नै जिल्लामा खोप सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका प्रमुख शाहीले बताए ।

अभियानका क्रममा जिल्लाका २ लाख २ हजार १ सय ३४ जना १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको कार्यालयका किशोर आचार्यले जानकारी दिए । उनका अनुसार २ लाख मध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र विद्यालय बाहिर रहेको ३४ हजार ९ सय ६६ लक्षित जनसंख्या रहेको छ । जिल्लाका ६ सय २९ विद्यालयहरु मध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरेर जनशक्ति परिचालन गरिएको बताए ।

बालबालिकाहरुलाई पहिलो पटक प्रदान गर्न थालिएको खोपका लागि सम्पूर्ण केन्द्रहरुमा आवश्यक सामग्री पुर्‍याइसकेको समेत बताए । खोपका लागि १ हजार १ सय ९५ स्वास्थ्यकर्मी र २ हजार ३ सय ८१ जना स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।जिल्लामा अधिकांश स्थानीय तहमा आज देखि सुरु भएपनि राप्ती गाउँपालिका र बबई गाउँपालिकामा भने २५ गतेदेखि हुने भएको छ ।

 

 

footer