प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज देखि दाङमा टाइफाइड विरुद्ध खोप अभियान सुरु

624
shares

दाङ। दाङमा टाइफाइड विरुद्ध खोप अभियान आजदेखि सुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङले २३ गते बुधवार देखि बैशाख ११ गतेसम्म टाइडफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

दाङमा दुई दिन अघि देखि अभियान सुरु हुन थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । कार्यालय प्रमुख शाहीले विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर जिल्लाका दशवटै पालिकाहरुमा चैत २३ गते बुधवार देखि खोप अभियान चलाउने निर्णय गरेको बताए । ‘विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर २ दिन अघिदे खि नै जिल्लामा खोप सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका प्रमुख शाहीले बताए ।

अभियानका क्रममा जिल्लाका २ लाख २ हजार १ सय ३४ जना १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप दिने लक्ष्य रहेको कार्यालयका किशोर आचार्यले जानकारी दिए । उनका अनुसार २ लाख मध्ये विद्यालयमा अध्ययनरत १ लाख ६७ हजार १ सय ६८ र विद्यालय बाहिर रहेको ३४ हजार ९ सय ६६ लक्षित जनसंख्या रहेको छ । जिल्लाका ६ सय २९ विद्यालयहरु मध्ये ५ सय १५ वटा विद्यालयहरुमा खोप केन्द्र स्थापना गरेर जनशक्ति परिचालन गरिएको बताए ।

बालबालिकाहरुलाई पहिलो पटक प्रदान गर्न थालिएको खोपका लागि सम्पूर्ण केन्द्रहरुमा आवश्यक सामग्री पुर्‍याइसकेको समेत बताए । खोपका लागि १ हजार १ सय ९५ स्वास्थ्यकर्मी र २ हजार ३ सय ८१ जना स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।जिल्लामा अधिकांश स्थानीय तहमा आज देखि सुरु भएपनि राप्ती गाउँपालिका र बबई गाउँपालिकामा भने २५ गतेदेखि हुने भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports