kumari
stcnepal

लोसपाका अध्यक्ष ठाकुरलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइयो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी (पार्टी लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएको छ। पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएको हो।
उनलाई आज बिहान भैरहवास्थित भीम अस्पतालमा उपचारका लागि लगिएको थियो। अध्यक्ष ठाकुरलाई भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि काठमाडौं पठाइएको मेडिकल अफिसर सिद्धार्थ पाण्डेले बताए।

‘उहाँलाई यहाँ उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको छ,’ उनले भने। अध्यक्ष ठाकुरलाई निमोनिया भएको अनुमान छ।

footer