kumari
stcnepal

वर्तमान सरकार रहिरहेमा देश बर्बादी तिर धकेलिने छ : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादी तिर धकेलिने बताएका छन् । बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादी तिर धकेलिने बताएका हुन् । उनले बैंक सँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको बताए ।

उनले भने, ‘खल्तीमा कसैको पैसा हुँदैन । बैंक त्यसैकारण खोलेका हुन् । कुनैपनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंक बाट लोन लिनुपर्छ । दिनुपर्छ बैंकले । नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर आफैं झर्ने बताए । उनले सरकार ढाल्न आफूहरुले कोसिश नगर्ने स्पष्ट पारे । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनले बताए ।उनले भने, ‘अहिलेको यो गठबन्धन सरकार कहिले सम्म रहन्छ भन्ने यो कुहिसकेको छ तर कुहिएको फल पनि कुहियो भन्ने बित्तिकै खत्रक्क झर्दैन । त्यो झर्नलाई मज्जाले कुहिसक्नु पर्छ । यो कुँहिदैछ । यो झर्ने बेलातिर जाँदैछ । यो झर्छ । झर्ने समय हामीले पर्खिनुपर्छ । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’

 

 

 

 

footer