kumari
stcnepal

मन्त्री गोविन्द शर्मा कोइरालाले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुख लगायत विशिष्ट पदाधिकारी उपस्थिति थिए । प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार कोइराला मन्त्रीमा नियुक्त भएका हुन् ।

 

 

 

footer