kumari
stcnepal

गठवन्धन नभए हामी धुलोपिठो हुन्छौ — दाहाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले काग्रेससँग गठवन्धन नगरेको खण्डमा स्थानीय तहको निर्वाचनमा धुलोपिठो हुने स्वीकार गरेका छन् । पाँच दलिय गठवन्धन गरेर नेकपा एमालेलाई सिध्याउने खेलमा लागेका दाहालले हालै बुटवल पुगेर पत्रकारहरुसँग वोल्दै उक्त कुरा बताएका हुन् । पाँच दलिय गठवन्धनमा रहेर सत्तामा समेत सहभागी भएको माओवादी केन्द्रले एक्लै निर्वाचनमा जाने हिम्मत गरेन। पाँच दलिय गठवन्धनमा रहेको र सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसले माओवादी केन्द्र र नेकपा एमालेवाट विभाजित गराईएको नेकपा एकीकृत समाजवादी पार्टीलाई वैर्तणी तारिदिनु पर्ने भएको छ । सत्ता गठवन्धनमा रहेका कुनै पनि दलले एक्ला एक्लै निर्वाचनमा जाने साहास देखाएनन् ।

पाँच दलिय गठवन्धन गरेर निर्वाचनमा गएपनि तल्लो तहका कार्यकर्ताहरु आक्रोशित भएका छन् । माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर पद आफ्नो पार्टीले पाउनु पर्ने माग गरीरहेका वेला काग्रेसका स्थानीय तहका नेताहरुले महानगरपालिका अन्य पार्टीलाई दिन नसकिने वताउदै आएको छ । माओवादी केन्द्रका पार्टी अध्यक्ष दाहालकी छोरी रेणु दाहाललाई चितवन जिल्ला इन्चार्ज वनाएको र फेरी उनैलाई भरतपुर महानगरपालिकाको मयेर पदमा उठाउने चर्चाले गर्दा स्थानीय तहका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु रुष्ठ बनेका छन् । पार्टी अध्यक्ष कै छोरी भएको हुनाले उनलाई दोहो¥याएर मेयर पद किन दिनु प¥यो भन्ने प्रश्न समेत उनीहरुले उठाएका हुनाले त्यो कार्यले गर्दा काग्रेसलाई वल पुगेको छ ।

माओवादी केन्द्रले उम्मेदवारको मापदण्ड सार्वजनिक गर्दा दोहो¥याएर भरसक कसैलाई उम्मेदवार नवनाउने भनेको थियो तर रेणु दाहालको हकमा त्यो लागु नहुने भएपछि कार्यकर्ताहरु आक्रोशित भएका हुन् । काग्रेस र माओवादी केन्द्र दुवैले महानगर नछोड्ने अडान लिएका हुनाले पाँच दलिय गठवन्धनलाई समेत संकट परेको छ । पार्टी सभापति समेत रहेका शेरबहादुर देउवाले भने भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई नै दिने उद्दघोष गरेका भएपनि चितवन कागे्रसले त्यस लाई स्वीकार गरेको छैन । माओवादी केन्द्रका अध्यक्ष दाहालले चितवन नै पुगेर गठवन्धनले निर्णय गर्ने हो जिल्ला नेताहरुले भन्दैमा केही हुदैन भनि सकेका हुनाले चितवन काग्रेस दाहालसँग रुष्ठ भएको छ । माओवादीलाई भरतपुर महानगरपालिका दिएको खण्डमा चितवन काग्रेसले सहयोग नगने बरु विपक्षीलाई मतदान गर्न आग्रह गर्न सक्ने सम्भावना रहेपछि दाहाललाई संकट परेको छ ।

footer