kumari
stcnepal

राप्रपा नेपालले बोक्यो जनताको एजेण्डा

काठमाडौं । राप्रपा नेपालले स्थानीय तहको चुनावको लागि जनताका आवाजलाई समेटेर घोषणापत्र तयार गरेको छ । यो घोषणापत्र ७७ जिल्लामै पठाइने र यही घोषणापत्रमा प्रतिवद्धता जनाएर जनतासँग भोट माग्ने रणनीति राप्रपा नेपालको रहेको छ । राप्रपा नेपालका प्राथमिकता के छन् ? –शिक्षा, स्वास्थ्यमा उच्चतम लगानी, रोजगारी सिर्जनामा जोड, सनातन धर्म संस्कृतिको रक्षा, पुर्वाधार विकास, कृषिमा आत्मनिर्भरता ।

अध्यक्ष कमल थापाले भनेका छन्– अन्याय, अपमान र आस्थाको विचलन सहनु कायरता हो । क्षणिक स्वार्थमा भुल्नु स्वधर्म होईन । यसकारण राप्रपा नेपाल राष्ट्रवादी आन्दोलनको संवाहक हो, यो पार्टीमा सबैलाई हार्दिक स्वागत छ ।

राप्रपाबाट अलग भएर खोलिएको राप्रपा नेपालको संगठन युद्धस्तरमा बिस्तार भइरहेको छ । जनआकर्षण पनि बढेको छ । ठूला साना र राप्रपाका नेता तथा कार्यकर्ता राप्रपा नेपालमा आवद्ध भइरहेका छन् । योभन्दा पनि महत्वपूर्ण कुरा एमालेजस्तो सशक्त पार्टीसँग गठबन्धन हुनसक्ने राप्रपा नेपालका अध्यक्षको भनाइले आगामी निर्वाचनमा राप्रपा भन्दा पनि राप्रपा नेपाल अगाडि देखिने सम्भावना बढेर गएको छ ।

footer