kumari
stcnepal

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो, बैशाख १ गते बाट लागु हुने

काठमाडौं । काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजन पछि सार्वजनिक सवारी साधनको पाँच देखि २० किलोमिटर सम्मको भाडादर २ देखि ३ रुपैयाँ सम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटर सम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटर सम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेट सम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।

 

 

footer