kumari
stcnepal

धेरै माओवादी एमालेमा गईसके, माओवादीको भबिष्य नै छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले भने, ‘म त कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा छु । तर मैले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई भन्दाखेरि उहाँले यौटा राम्रो प्रश्न उठाउनुभयो । उहाँले माओवादी जसको भविष्य नै छैन । धेरै माओवादीका साथीहरू अहिले एमालेमा प्रवेश गरिसक्या छन् । जुन बचेका साथीहरू उनीहरूको अस्तित्व नै नभएपछि उनीहरू कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ भन्नुभयो ।’

कांग्रेसले तालमेल नगरे बाँकी रहेका माओवादी पनि एमालेमा जाने खतरा रहेको देउवाको ठम्याई रहेको छ । त्यही खतरालाई ध्यानमा राख्नुपर्ने भन्दै कोइरालाले भने,  एमाले र माओवादी मिले भने पूर्व चुनावमा नतिजा हाम्रो २३ सिटमा मात्र झर्याथ्यौँ । त्यस्तै होला की भन्ने उहाँको (देउवा) चिन्ता थियो । जुन स्वाभाविक चिन्ता म पनि स्विकार्छु ।’

 

 

footer