kumari
stcnepal

त्रिकोणात्मक टी-२० श्रृङ्खलाको विजेता नेपाली टिमका खेलाडीलाई सरकारले नगद पुरस्कार दिने

काठमाडौं । नेपाल, पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० श्रृङ्खलाको विजेता नेपाली टिमका खेलाडीलाई सरकारले नगद पुरस्कार दिने भएको छ ।

चैत १४ देखि २१ गते सम्म काठमाडौंमा भएको श्रृखंलाको उपाधि जितेको नेपाली टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । अब श्रृंखला खेलेका १६ खेलाडीले २-२ लाख पाउनेछन् ।

नेपालले श्रृंखलामा अपराजित रहँदै उपाधि जित्ने क्रममा ५ वटै खेल जितेको थियो । यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई नगद १ लाख ५० हजार र अन्य अफिसियललाई जनही १ लाख रुपैयाँ प्रदान गरिने भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

 

 

footer