kumari
stcnepal

अर्जुन दासको हत्याको आरोपमा चार जना पक्राउ

काठमाडौं । कैलालीमा अर्जुन दासको हत्या आरोपमा चार जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–९का १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका-९ कै १९ वर्षीय रोनी परियार भन्‍ने दिलिप दास, सोही गाउँपालिकाका बमे भन्‍ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमा नाका बाट पक्राउ गरेको हो । कैलालीको जानकी गाउँपालिका-९को अमरावती सामुदायिक वनमा अर्जुन दासको घाँटी रेटेर हत्या भएको थियो।

 

 

footer