kumari
stcnepal

स्याङजाको वालिङमा जीप दुर्घटना, एक बालक सहित पाँच जनाको निधन

काठमाडौं । स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ ।जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । वालिङ नगरपालिका वडा नम्बर १२ माथिल्लो डाँडाखर्क स्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालक सहित पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनास्थल बाट चार जनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

दुर्घटनामा घाइते भएका चालक सहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

 

 

footer