विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्याङजाको वालिङमा जीप दुर्घटना, एक बालक सहित पाँच जनाको निधन

533
shares

काठमाडौं । स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ ।जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । वालिङ नगरपालिका वडा नम्बर १२ माथिल्लो डाँडाखर्क स्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालक सहित पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनास्थल बाट चार जनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

दुर्घटनामा घाइते भएका चालक सहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports