kumari
stcnepal

सम्धी हुनु त पोखरेल जस्ता

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले नियुक्तिका सबै मापदण्डहरुलई लत्याएर हाम्रा मान्छे राम्रा मान्छे भन्ने सिद्धान्तलाई अपनाएर विवादास्पद व्यक्तिहरुलाई धमाधम नियुक्ति दिन थालेको छ । सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्वका बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपीओलीको पक्षमा खुलेर लेख्ने र बोल्ने व्यक्तिहरुलाई योग्यताको आधारमा भन्दा आफूलाई समर्थन गरेको भन्दै त्यसलाई नियुक्तिको मापदण्ड बनाउँदै आफ्नै पार्टीका समर्थकहरुलाई समेत पदबाट हटाउँदै आफ्नो पक्षका मान्छेलाई नियुक्ति दिन थालेको छ । विभिन्न समयमा विभिन्न ठाउँमा नियुक्त भएका विवादास्पद व्यक्तिलाई समेत नियुक्ति दिएर ओली नेतृत्वको सरकारले आफ्नो हात जगन्नाथ भने सिद्धान्तलाई अंगिकार गरेपछि चौतर्फी त्यसको विरोध हुँदै आएको छ ।

पछिल्लो समयमा अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्ण सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकमा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिको अध्यक्ष बनाउने गरी सञ्चालक समितिको सदस्यमा नियुक्त गर्नुभएको छ । यसभन्दा अगाडि पनि निज कोइरालाले विभिन्न निकायमा नियुक्ति पाएका थिए । तर ती सबै ठाउँमा उनी असफल सावित भएका थिए । उनको एउटै मात्र योग्यता हो पोखरेलको सम्धी हुन् । स्मरण रहोस् निज कोइरालाकी छोरी रक्षामन्त्री पोखरेलकी बुहारी हुन्, निज कोइरालाले तत्कालिन नेपाल खाद्य संस्थान, नेपाल आयल निगम, उच्च शिक्षा माध्यामिक परिषद्, महेन्द्र मोरङ्ग क्याम्पसको चिफ भएका थिए भने २०५५ सालमा महेन्द्र मोरङ्ग क्याम्पसको क्याम्पस चिफ हुँदा उनलाई आर्थिक अनियमिततामा संलग्न भएको आरोप लागेको थियो ।

त्यसैगरी त्रिभुवन विश्व विद्यालयको उच्च शिक्षा परियोजनाको बजेट घोटला भएको भन्दै विश्व विद्यालयले छानविन समेत गरेको थियो । त्यस विषयमा छानविन गर्न सूर्यमणि अधिकारीको संयोजकत्वमा समिति गठन भएको र समितिले उनलाई तत्काल हटाउन सिफारिस गरेको भएपनि उनीमाथि कुनै कारबाही भएन । सो घटनामा अख्तियारले अनियमितता भएको भन्दै कारबाहीका लागि त्रिभुवन विश्व विद्यालयलाई पत्र लेख्यो र अधिकारीको प्रतिवेदन कार्यन्व्यन गर्न भन्यो तर त्यो आजसम्म कार्यान्वनय भएको छैन ।

निज कोइराला जहाँ जहाँ पुगे ती सबै ठाउँमा घोटला भएका छन् तर तिनै कोइरालालाई सरकारको पूर्ण स्वामित्व रहेको वाणिज्य बैंकको अध्यक्ष बनाएर बैंकको दरबार मार्गमा रहेको महंगो जग्गा निजी क्षेत्रका व्यापारीलाई लिजमा दिने र केही जग्गा विक्रि गर्ने उदेश्यका साथ कोइरालालाई बैंकमा पु¥याइएको सूत्रले दाबी गरेको छ । राम्रालाई भन्दा हाम्रालाई प्राथमितामा राखेर नियुक्ति दिने ओली सरकारको चौतर्फी विरोध भएपनि सरकारले छानीछानी त्यस्तै विवादास्पद व्यक्तिहरुलाई मात्र नियुक्ति दिने गरेको हुनाले अब सरकारले सुशासनको नारा दिनु भनेको सूर्यलाई हत्केलाले छेक्न खोज्नु सरह हुनेछ ।

footer