काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुस सहित पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुस सहित पक्राउ गरेको हो ।
जग्गा दर्ता गर्ने सेवाग्राही सँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चे बाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।