kumari
stcnepal

कागबेनीमा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा एकको निधन, २८ जना घाइते

मुस्ताङ । तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको निधन भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

उनले भने, ‘बेनीमा तीर्थ यात्री बोकैको बस दुर्घटना भएको छ। एक जनाको स्कुटर चालकको बसको ठक्कर बाट निधन भएको छ भने २८ जना घाइते भएका छन्। उहाँहरुको उपचार भइरहेको छ।’

 

 

footer