kumari
stcnepal

नक्कली कागजात बुझाई भ्रष्टाचार आरोपमा छायानाथका प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध मुद्दा दायर

काठमाडौं ।नक्कली कागजात बुझाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा उनीहरु माथि भ्रष्टाचार मुद्दा चलाएको हो । उनीहरु माथि २९ लाख ७७ हजार रुपैयाँ हानीनोक्सानी पुर्‍याएको आरोप छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सारु सहित सहायक इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध मुद्दा दायर गरेको हो ।

 

 

footer