विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कली कागजात बुझाई भ्रष्टाचार आरोपमा छायानाथका प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध मुद्दा दायर

572
shares

काठमाडौं ।नक्कली कागजात बुझाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा उनीहरु माथि भ्रष्टाचार मुद्दा चलाएको हो । उनीहरु माथि २९ लाख ७७ हजार रुपैयाँ हानीनोक्सानी पुर्‍याएको आरोप छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सारु सहित सहायक इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध मुद्दा दायर गरेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports