kumari
stcnepal

एकीकृत राप्रपाले मान्यता पायो

काठमाडौं । राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले बैधानिकता दिएको छ । राप्रपा र राप्रपा संयुक्त अव राप्रपा एक भएको छ । एकीकृत राप्रपाको गाई झण्डा र हलो चुनाव चिन्ह भएको छ । अध्यक्ष कमल थापाले २०७३ सालको अधिवेशनपछि टुक्रिएको राप्रपा आफ्नै कार्यकालमा एकीकृत हुन सकेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

अध्यक्ष थापाले आगामी निर्वाचनमा राप्रपा बैकल्पिक शक्तिका रुपमा अगाडि आउने विश्वास पनि व्यक्त गर्नुभएको छ । एकीकृत राप्रपापछि पार्टी पंक्तिमा ठूलै हौसला देखिन थालेको छ । अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ–‘२०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकीकृत गर्न सकेकोमा खुसी छु,गौरव लागेको छ ।

आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गर्दछु । अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ । राप्रपाको चुनाव चिन्ह जनतासम्म पुर्याउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाईलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु । पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु ।’

footer