kumari
stcnepal

भारत सीमा क्षेत्र जमुनाहा बाट दुई जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ

नेपालगञ्ज ।नेपाल भारत सीमा क्षेत्र जमुनाहा बाट दुई जनालाई लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला र एक पुरुषलाई छ ग्राम ब्राउन सुगर सहित सीमा क्षेत्र जुमनाहा बाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका ९ बस्ने २४ वर्षीय दिपिका पुन मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख मिनबहादुर बिष्टले जानकारी दिए ।

भारतबाट भे १२ प १४९७ नम्बरको मोटरसाईकलमा आउँदै गर्दा शंका लागेर जाँच गर्दा रेग्मीले गोजीमा राखेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय जुमनाहा बाट खटिएको टोली र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

footer