२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत सीमा क्षेत्र जमुनाहा बाट दुई जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ

676
shares

नेपालगञ्ज ।नेपाल भारत सीमा क्षेत्र जमुनाहा बाट दुई जनालाई लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतमा आउँदै गरेका एक महिला र एक पुरुषलाई छ ग्राम ब्राउन सुगर सहित सीमा क्षेत्र जुमनाहा बाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका ९ बस्ने २४ वर्षीय दिपिका पुन मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख मिनबहादुर बिष्टले जानकारी दिए ।

भारतबाट भे १२ प १४९७ नम्बरको मोटरसाईकलमा आउँदै गर्दा शंका लागेर जाँच गर्दा रेग्मीले गोजीमा राखेको अवस्थामा ब्राउनसुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय जुमनाहा बाट खटिएको टोली र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports