kumari
stcnepal

नेपाली कांग्रेस अझै रणभुल्लमा

काठमाडौ । पछिल्लो समयमा सत्ताधारी दल र संघीय संसदको प्रमुख प्रतिपक्षी दल दुवै आन्तरिक द्वन्द्वमा फसेका छन् । त्यही कारण नत सत्ताधारी दलले पार्टी एकीकरणको मुद्दालाई टुग्याउन सकेको छ न त भावनात्मक एकता नै कामय भएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतले निर्धारित मिति २०७७ फागुन ७ देखि १० गतेसम्ममा गर्ने भनिएको १४ औं महाधिवेशन गर्न सक्ने सम्भावना निकै कम रहेको छ । दुवै दलले कोरोना भाइरसलाई बाधक देखाएका छन् । कांग्रेसले गत पुस ११ गते नै महाधिवेशनका लागि तालिका प्रकाशित गरेको थियो । तर त्यो तालिका अनुसार काम हुन नसकेपछि तोकिएको समयमा १४ औं महाधिवेशन हुन नसक्ने प्रायः निश्चित जस्तै देखिएको छ । पार्टीभित्र बढ्दै गएको ध्रुविकरणका कारण महाधिवेशनको तयारी शुन्य अवस्थामा रहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको लागि पहिलो पटक कार्यतालिका ल्याउँदा नै सभापति देउवा इतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिष्कार गरेका थिए । पार्टी इतर पक्षका नेता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको सुनिश्चितता र पार्टी भित्रको मुद्दाहरु नमिलाई बैठकमै नजाने अडान लिएका थिए । त्यही कारण सभापति देउवाले इतर पक्षको उपस्थिति बेगेरै बहुमतको आधारमा महाधिवेशनको कार्य तालिका ल्याएका थिए । त्यसै बेला इतर पक्षले पार्टीको महाधिवेशनको तालिकाबहुमतको आधारमा ल्याएर सभापति देउवाले नेपाली कांग्रेसको इतिाहसमै रेकर्ड कायम गरेको आरोप इतर पक्षले लगाएको थियो । विवादकै बीचमा विभिन्न निकायका चुनावको मिति तोकिएको भएपनि अहिलेसम्म कुनै तहको निर्वाचन हुन नसकेको र कार्तिक महिनाभरी नेपालीहरुको महान् चार्डपर्व दशैं तिहार, छठ जस्ता पर्व परेका हुनाले कार्तिकभरमा कुनै काम अघि बढ्न सक्ने सम्भावना रहँदैन ।

काँग्रेसले १७ महिनासम्ममा पनि समायोजनाको कार्य सकेको छैन । अहिले सिराह, सप्तरी, सिन्धुपाल्चोक र बारामा समायोजनको काम बाँकी रहेकाले अब ती कार्यहरु दशैं, तिहार पछिमात्र हुने भएको छ । नयाँ सदस्यहरुलाई सदस्यता नै दिन बाँकी रहेको छ भने देशभरमा पुराना सदस्यहरुको संख्या ४ लाख ७० हजार रहेको छ । यो पटक पुरानो सदस्य संख्या बराबरलाई नयाँ सदस्यता प्रदान गर्ने पार्टीको निर्णय भएपनि आजसम्म कसैलाई नयाँ सदस्य नदिएको र विभिन्न तहको निर्वाचन गर्न समय लाग्ने भएकाले कांग्रेसको १४ औं महाधिवेशन कम्तिमा पनि ६ महिना पछि सर्ने पक्कापक्की भएपनि त्यस विषयमा कसैले मुख खोल्न सकेका छैनन् । महाधिवेशनकै कारण कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका समेत निभाउन सकेको छैन ।

footer