kumari
stcnepal

कोलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ शीर्ष स्थानमा

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ । पुणेमा गएराति भएको खेलमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । कोलकाताका आन्द्रे रसेलले ४५ रन तथा सुनिल नारायणले २२ रन जोडेका छन् ।

लखनउका आभेश खान र जासन होल्डरले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । लखनउका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय पारी खेले । दीपक होडाले ४१ रन जोडेका हुन् ।कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै लखनउको ११ खेलमा १६ अङ्क भएको छ । समान खेलमा १६ अङ्क रहेको गुजरात दोस्रो स्थानमा छ । लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली हुन् ।

कोलकाता ११ खेलमा ८ अङ्कका साथ आठौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो । राजस्थान ११ खेलमा १४ अङ्कका साथ तेस्रो स्थानमा छ ।

 

 

footer