kumari
stcnepal

रियल मड्रिड एथ्लेटिको मड्रिड संग पराजित

काठमाडौं ।एथ्लेटिको मड्रिडले चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने नजिक पुगेको छ । ला लिगाको उपाधि जितिसकेको रियलले आइतबारको खेलमा टोलीमा सात वटा परिवर्तन गरेको थियो ।

यसको फाइदा उठाउँदै एथ्लेटिकोले रियल माथि शुरु देखि नै दबाब बनाएको थियो । पहिलो हाफमा यानिक कारास्कोले पेनाल्टी बाट गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो । जीतपछि डिएगो सिमिओनीको टोली ६४ अंक सहित लिगको चौथो स्थानमा रहेको छ । पाँचौ स्थानमा रहेको रियल बेटिस भन्दा टोली ६ अंकले अघि रहेको छ ।

आइतबारकै अन्य खेलमा तेस्रो स्थानमा रहेको सेभिया भिल्लारियाल सँग १ १ को बराबरीमा रोकियो भने एस्पानियोल र ओसासुना तथा गेटाफे र रायो भायोकानोले पनि अंक बाँडे ।एजेन्सी

 

 

footer