kumari
stcnepal

के नेकपा विभाजनको संघारमा पुगेकै हो त ?

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्व समाप्त भएको घोषणा केही दिन अघि गरिएपनि वास्तविकता त्यस्तो देखिएको छैन । केही दिन पहिला कर्णाली प्रदेशको सरकार विरुद्ध सत्ताधारी दलकै १८ सांसदहरुले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएपछि नेकपाको दुवै अध्यक्षहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सहित पार्टीका पदाधिकारीहरुलाई काठमाडौमै बोलाएर छफल गरेपनि समस्याको समाधान हुन सकेको थिएन । कार्तिक ५ र ७ गते पार्टीका दुवै अध्यक्षले पार्टीको कर्णाली प्रदेशका पदाधिकारीहरुलाई बेग्लाबेग्लै पत्र पठाएको हुनाले पार्टीभित्रको आन्तरिक द्वन्द्व सडकमै छताछुल्ल भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले मुख्यमन्त्री शाहीलाई शनिबार हटाइएका मुख्य सचेतक गुलावजङ्ग शाहीमाथि तपाइले गरेको कारबाही फिर्ता लिन र उनलाई पहिलाकै जिम्मेवारी दिन निर्देशन कार्तिक २ गते अध्यक्षबीच कार्तिक ४ गते मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशका विषयमा छलफल भई अविश्वासको प्रस्ताव खारेज गर्ने वा फिर्ता लिने र प्रमुख सचेतक विषयपनि प्रदेश कमिटी र प्रदेश सरकारले नै समाधान गर्ने सुझाव दिने समझदारी भएको भन्दै त्यसै अनुरुप गर्न निर्देशन दिनुभएको छ । दुवै अध्यक्षहरुले बेग्लाबेग्लै निर्देशन दिएपछि प्रदेश कमिटी र प्रदेश सरकार समेत अलमलमा परेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपश्चात् तत्कालिन माओवादीले सुदुरपश्चिम र कर्णाली प्रदेशमा मुख्यमन्त्री पाएको छ भने नेकपा एमालेले प्रदेश नं. १, ३, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पाएको छ । लामो समयसम्म पनि पार्टी एकीकरणका कार्यहरु नसकिएका र भावनात्मक रुपमा दुवै पार्टी एक नभएको पछिल्लो समयमा सत्ताधारी दलभित्रको द्वन्द्वले गर्दा सरकार नै संकटमा पर्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले त केही दिन पहिला केपी ओली नेतृत्वको सरकार दशैं, तिहारपछि ढल्न सक्छ भन्ने अभिव्यक्ति समेत दिएका हुनाले सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्व कुन हदसम्म पुगेको रहेछ भन्ने प्रष्ट भएको छ । नेकपाभित्र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुका पछिल्ला अभिव्यक्ति सुन्दा प्रष्ट हुन्छ अहिले पनि नेकपा एक हुन सकेको छैन र अहिलेकै अवस्था कायम भए नेकपा विभाजन हुन सक्छ भनेर ।

footer