kumari
stcnepal

अध्यक्ष दाहालकै कारण पार्टीमा समस्या : पोखरेल

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल बीचको द्वन्द्वले गर्दा पार्टी एकीकरण भएपनि पार्टीले पूर्ण आकार लिन नपाउँदै पार्टी विभाजनको अवस्थामा पुगेको छ । नेकपाका अन्य नेताहरुले आ आफ्नो पक्षको पक्षपोषण गरिरहेका छन् । पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सञ्जाल मार्फत पार्टी विभाजनको अवस्थामा पुगेको जानकारी गत आइतबार सार्वजनिक गरेपछि अन्य नेताहरुले समेत आ आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् । त्यसै क्रममा उपप्रधान इश्वर पोखरेलले पुष्पकमल दाहालकै कारण पार्टीमा समस्या आएको बताएका छन् । पोखरेलका अनुसार अध्यक्ष दाहालले बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्रीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैसेपार्टीमा पुगेर गुटको भेला गरेर सहमति विपतिर अर्को काम गर्ने प्रवृत्तिका कारण नै पार्टी अप्ठ्यारो स्थितिमा पुगेको पोखरेलको भनाई छ ।

सोमबार (१७ गते) न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपप्रधानमन्त्री समेत रहेका पोखरेलले अध्यक्ष दाहालको दोहोरो प्रवृत्तिकै कारण पार्टीमा समस्या आएको धारणा व्यक्त गर्दै बालुवाटारमा अध्यक्ष दाहाल पुग्नुहुन्छ प्रधानमन्त्री कुराकानी र छलफल गर्नुहुन्छ अनि काउन्टर नीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँ खुमलटार वा भैँसेपार्टी गएर छुट्टै सल्लाह गरेर योजना बनाउनुहन्छ अनि त्यो योजना बालुवाटारमा ल्याउनुहुन्छ त्यही कारण समस्या भएको बताएका छन् । पोखरेलका अनुसार अध्यक्ष दाहालले पूर्व नेकपा एमालेभित्र खेलेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई एक्ल्याउने रणनीति निकै पहिला देखि नै बनाउँदै आउनुभएको रहस्य समेत खोल्नुभएको छ । पोखरेलका अनुसार पार्टी एकता गर्दा भएको सहमतिको आधारमा दुवै अध्यक्षले सम्वाद गरेको खण्डमा अहिलेको समस्या समाधान हुने बताउँदै दुवै अध्यक्ष फेरी पार्टी एकता गर्दाका आधारमा फर्किएर त्यसैलाई टेकेर अघि बढ्नुु नै उचित विकल्प रहेको ठहर पोखरेलको रहेको छ ।

पार्टीलाई दुर्घटनाबाट बचाउने हो भने यो भन्दा अन्य कुनै विकल्प नभएको भनाई पोखरेलको रहेको छ । अध्यक्ष दाहाले अरु नेताहरुसँग सल्लाह गर्दै समिकरण बनाउने र त्यही समिकरणका बलमा प्रधानमन्त्री माथि दबाब सिर्जना गर्ने कार्य गर्नुभयो भने त्यो सम्भव छैन भन्दै यो उचित नहुने प्रष्ट पार्नुभएको छ । यो हानिकारक हुन्छ त्यसले दुःखद घटना घट्न सक्छ भन्दै नेता पोखरेलले अध्यक्ष दाहाल कार्यकारी अध्यक्ष भएदेखि नै पार्टीमा विवाद झिक्ने काम बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप समेत दाहालमाथि लगाउनु भएको छ । सरकार सञ्चालनमा पार्टीको निर्णयबाहेक अन्य कुनै काम गर्नु हुँदैन भने अध्यक्ष दाहाल सहितका केही नेताहरुकै अडानका कारण पार्टीमा समस्या सिर्जना भएको बताउँदै दैनिक कार्य सञ्चालनमा समेत सरकारले पार्टीको निर्देशन लिनु नपर्ने जिकिर समेत गरेका छन् ।

footer