kumari
stcnepal

डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना

काठमाडौं ।डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरिया बाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।


दुर्घटनामा करिब २०/२५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीले जानकरी दिए । उनीहरू मध्ये केहीको अवस्था गम्भीर छ । उनका अनुसार ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ अन्यलाई पनि ल्याने प्रयास भइरहेको छ । डीएसपी चौधरीले पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेको बताए ।

उनले अहिले सम्म कसैको पनि मृत्यु भएको जानकारी नआएको बताए । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।

 

 

footer