विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना

559
shares

काठमाडौं ।डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरिया बाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।


दुर्घटनामा करिब २०/२५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चौधरीले जानकरी दिए । उनीहरू मध्ये केहीको अवस्था गम्भीर छ । उनका अनुसार ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ अन्यलाई पनि ल्याने प्रयास भइरहेको छ । डीएसपी चौधरीले पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेको बताए ।

उनले अहिले सम्म कसैको पनि मृत्यु भएको जानकारी नआएको बताए । घाइतेहरूको उद्धारको काम भइरहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports