kumari
stcnepal

चीनीको मूल्यबृद्धिमा सरकार मौन

काठमाडौ । नेपालीहरुको महान चार्ड दशैं समाप्त भएर अर्को पर्व तिहार सुरु भएको छ । चाडपर्वका बेला सरकारको नालायकीपन र काला व्यापारीहरुको चलखेलका कारण जनता भने महंगीको मार खेप्दै आएका छन् । पछिल्लो सममया प्रत्येक सामानको मूल्यबृद्धि भएपनि सरकार भने मौन रहेको छ । दशैं सकिए लगत्तै बजारमा मूल्यबृद्धि आकासिएको छ । अहिले चीनी, तेल, केराऊ, दाल, चामल लगायतमा अत्याधिक मूल्यबृद्धि भएको छ । दशैं लगत्तै मूल्यबृद्धि हुनुपर्ने कुनै कारण देखिएको छैन तर बजारमा मूल्यबृद्धि भएको छ । प्रत्येक सामानमा घटीमा १० रुपैँया देखि बढीमा १०० रुपैँयासम्मको मूल्यबृद्धि भएको छ । चामलमा झण्डै १०० रुपैँया प्रतिबोरा मूल्य बृद्धि भएको छ ।

चीनी, तेल, दाल, केराऊमा घटीमा प्रतिकिलो ५ रुपैँया देखि बढीमा ५० रुपैँयासम्म मूल्यबृद्धि भएको छ । बजारमा पर्याप्त सामानको मौज्दात रहेपनि केही काला व्यापारीहरुको स्वार्थमा मूल्यबृद्धि गरिएको छ । सरकारले मूल्यबृद्धि प्रति ध्यान दिन नसकेको र सत्ताधारी दल भित्र आन्तरिक द्वन्द्व चर्किएको बेला काला व्यापारीहरुले अहिलेकै अवस्थालाई उचित समय सम्झिएर मूल्य बृद्धि गरेका छन् । नेपालमा आयात गरि केही सामानहरु भारतमा पठाउँदा व्यापारीहरुलाई दोब्बर फाइदा हुने गरेकाले व्यापारीहरुले केराऊ भारततर्फ निकासी गरिरहेको छ । त्यही कारण नेपालमा केराउको मूल्यबृद्धि भएको छ । खाने तेल समेत भारतमा तस्करी गरी पठाइने गरिएको व्यापारीहरुले नै बताउन थालेका छन् । सरकारको कमजोरी अवस्थाको फाइदा व्यापारीहरुले उठाउँदै आएका भएपनि त्यस विषयमा सम्बन्धित नियका मौन रहेको छ ।

पछिल्लो समयमा दाल, तेल, चामल, केराऊको मात्र मूल्य बृद्धि भएको छन्, चीनीको समेत मूल्यबृद्धि भएको छ । सरकारले साल्ट टेडिङ्ग कर्पोरेशनलाई बेलैमा चीनी आयात गर्न अनुमति नदिएकै कारण चीनीको मूल्यबृद्धि भएको हो । साल्टले चीनीको अभाव हुन सक्छ त्यसैले बेलैमा सरकारलाई लिखित पत्र नै पठाएर जानकारी दिएको भएपनि सरकारको लापरबाहीले गर्दा तिहार, छठ जस्ता पर्वमा चीनीको हाहाकार हुने भएको छ । केही काला व्यापारीहरु र उखु मिल मालिकको स्वार्थमा सरकार लागेको र मिल मालिकहरुको स्वदेशी चीनी विक्रि नभएको भन्दै विदेशबाट चीनी आयातमा कोटा निर्धारण गर्न सरकारलाई माग गरेनुसार सरकारले कोटा निर्धारण गरिदिएको थियो । चीनीको कोटा निर्धारण गरिएपछि काला व्यापारीहरुले सस्तो मूल्यमा चीनी आयात गरि स्टक राखेपछि साल्टलाई चीनी आयात गर्ने प्रक्रियामा अवरोध पु¥याएका थिए ।

साल्टले ७३ रुपैँया प्रतिकिलो चीनी बेच्दा व्यापारीहरुले अहिले ९०÷९५ रुपैँयामा विक्रि गरिरहेका छन् । बजारलाई ठीक ठाउँमा राख्न सरकारले बेलैमा साल्टलाई चीनी आयातको अनुमति दिएको भए अहिले जनताले महंगोमा चीनी खरिद गर्नुपर्ने बाध्यता नै रहँदैन थियो । सरकारले गत भाद्रमा मात्र साल्ट टेडिङ्ग र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा साल्टलाई २० हजार मेट्रिकटन र खाद्य व्यापार कम्पनीले १० हजार मेट्रिकटन चीनी ल्याउन अनुमति दिएको भएपनि साल्टले मात्र चीनी आयात गरेको र व्यापार कम्पनीले चीनी ल्याउनै नसेकेको हुनाले सरकारकै कारण काला व्यापारीहरुले चीनीको मूल्य बढाएका छन् । सरकारको नालायकीपनको मारमा जनता परेका छन् ।

footer