kumari
stcnepal

चेल्सीलाई हराउँदै एफए कपको उपाधि लिभरपुललाई

काठमाडौं ।एफए कपको फाइनलमा चेल्सीलाई हराउँदै लिभरपुलले यो सिजन चार वटा उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । कोन्सटान्टिनोस सिमिकासले सडेन डेथ पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ६–५ को जीत दिलाएका हुन् ।

यसअघि १२० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । दुवै टोलीले गोलका लागि प्रयास नगरेका भने होइनन् । लिभरपुलले १७ तथा चेल्सीले १० पटक गोलको प्रयास गर्दा पनि सफल हुन सकेनन् ।

नियमित पेनाल्टीमा पनि दुवै टोलीलाई छुट्याउन नसकेपछि लिभरपुलका गोलकिपरले सडन डेथमा मेसन माउन्टको प्रहार रोकेपछि सिमिकासले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।एजेन्सी

 

 

 

footer