kumari
stcnepal

सनराईजर्स हैदरावादलाई ५४ रनले हराउँदै कोलकत्ताले प्लेअफ सम्भावना जिवितै राख्यो

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले छैठौ जित निकालेको छ। पुनेमा शनिबार राति सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई ५४ रनले हराउँदै कोलकत्ताले प्लेअफ सम्भावना जिवितै राखेको हो।

कोलकत्ताले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि अविशेक शर्माले सर्वाधिक ४३ रन जोड्दा एडिन मार्क्रमले ३२ रन बनाए। शशांक सिंहले ११ रन जोड्दा बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।


हैदारावादलाई रोक्न कोलकत्ताका आन्द्रे रसेलले ३ तथा टिम साउथीले २ विकेट लिए।त्यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ४९ रन बनाउँदा साम विलिङ्सले ३४ रन जोडे। यस्तै अन्जिका रहानेले २८ रन बनाउँदा नितिस रानाले २६ रन जोडे।

कप्तान श्रेयस एयर १५ तथा रिंकु सिंह ५ रनमा आउट भए । हैदरावादका उम्रन मलिकले ३ विकेट लिए। भुवनेश्वर कुमार, मार्को जानसेन, टी नटराजनले समान १-१ विकेट लिए। यो जित सँगै कोलकत्ता १२ खेल बाट १२ अंक जोडेको छ। उता पराजित हैदरावाद समान खेल बाट १० अंक जोडेर आठौं स्थानमा झरेको छ।

 

 

footer