kumari
stcnepal

नेपाल युगान्डा सँग ६ विकेटले पराजित, नेपालले श्रृङ्खला गुमायो

काठमाडौं ।पहिलाे पटक घरेलु मैदानमा टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेकाे नेपाली महिला क्रिकेट टिमले युगान्डा सँग लगातार तेस्राे हार व्यहोरेको छ ।

बिहीबार भएकाे खेलमा नेपाल युगान्डा सँग ६ विकेटले पराजित भयाे । यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलाे खेलमा नेपाल युगान्डा सँग १२ रनले पराजित भएकाे थियाे । दाेस्राे खेलमा नेपाल १ रनले पराजित भएकाे थियाे ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएकाे थियाे । १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनाेले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनकाे साझेदारी नै युगान्डाकाे जितकाे आधार बन्याे ।

नेपालका लागि कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले समान एक-एक विकेट लिए ।

 

footer