kumari
stcnepal

एन्फा निर्वाचनकाे नेतृत्वका लागि कर्मा र पंकजले अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) का आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी कार्यकालकाे लागि पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

देशकै ठूलाे खेल संघ एन्फाकाे निर्वाचन असार ६ गते हुँदैछ । एक महिना पछि हुने चुनावका लागि अब माहाेल बन्न थालेकाे छ । त्यसका लागि वर्तमान नेतृत्वमा रहेका कर्मा छिरिङ शेर्पाले दाेहाेर्याउन चाहेका हुन् । ‘अध्यक्ष पदका लागि मैले उम्मेदवारी दर्ता शुक्रबार गर्नेछु । अन्य साथीहरुले विस्तारै गर्नुहुनेछ । केही साथीहरु जिल्ला बाहिर हुनसहुन्छ । त्यसैले विस्तारै हुन्छ’ शेर्पाले भने ।

निर्वाचनका लागि ६ दिनकाे समय रहेकाले अरुले पनि उम्मेदवारी दिने उनले बताए । साथै टिम बनाएर अघि बढ्ने संकेत गरे । एन्फा निर्वाचनका लागि शुक्रबार देखि ६ दिन सम्म उम्मेदवारी दर्ता गर्ने समय रहनेछ । यस्तै चार वर्षअघि कर्मालाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पनि यस पटक अध्यक्षमा दाबेदारी पेश गर्दैछन् ।

पंकजले शुक्रबार उम्मेदवारी दिने/नदिने तय नभएपनि उनी पनि टिम बनाउने कसरतमा छन् । पंकजले टिमले पत्रकार सम्मेलन गरेर नै एन्फा निर्वाचनकाे लागि अघि बढ्ने भएकाे छ ।

 

footer