kumari
stcnepal

सिटीले जित्यो प्रिमियर लिग, दोस्रो स्थान लिभरपुललाई

काठमाडौं ।सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३-२ गोलको रोमाञ्चक जित निकाल्दै सिटी सिजनको लिग च्याम्पियन बनेको हो।

खेलमा सिटी २-० गोलले पछि परेको थियो। जसका कारण लिभरपुललाई फाइदा हुने स्थिति थियो। तर सिटीले उत्कृष्ट पुनरागमन गर्न सफल भयो। सिटीका लागि गुन्डोआनले ७६ मिनेटमा पहिलो गोल गरेका थिए। रोद्रीले ७८ मिनेटमा बराबरी गोल फर्काएसँगै सिटी खेलमा फर्कियो।

८१ मिनेटमा गुन्डोआनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। जसका कारण सिटीले पाँच मिनेट भित्रमा तीन गोल गर्दै खेलमा ३-२ को अग्रता लियो। दोस्रो स्थानको लिभरपुलले वुल्भ्स माथि ३-१ को जित निकाल्यो। लिभरपुल पनि खेलमा पछि परेको थियो। वुल्भ्सका नेटोले तेस्रो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

तर लिभरपुलका लागि मानेले २४ मिनेट र सलाहले ८४ मिनेटमा गोल गरे। यस्तै रोबर्टसनले
जित निकाले पनि लिभरपुल दोस्रो स्थानमा सीमित बन्यो।

 

 

 

footer